२०८१ बैशाख १४ , शुक्रवार

तनहुँकाे सिर्दीमा बस दुर्घटना हुँदा २७ जना घाइते

सुनाखरी न्युज/ काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा आज बिहान बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

 

काठमाण्डौबाट पोखराका लागि छुटेकाे ग १ ख ९६३५ नम्बरको बस अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेकाे हाे । दुर्घटनामा घाइते भएका सबैकाे उद्धार गरिएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टले जानकारी दिनुभयाे ।

 

घाइतेमध्ये नौ जनालाई थप उपचारका लागि पोखरा ‘रेफर’ गरिएको उहाँले बताउनु भयाे । अन्य घाइतेकाे भने दमौलीमा रहेकाे अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनु भएकाे छ।