२०८१ बैशाख १३ , बिहिवार

ओशो !! तिम्रो राज्य

शालिक राम घले
ओशो, बिहान तिमी
बेलुका तिमी
जुम च्यानल भरी तिमी
तिमी नहुँदा
मन यो रुन्छ
दिलले कोलाहल मच्याउछ
सत्सङ्ग तिम्रो नपाउदा
आफैभित्र चित्कार हुन्छ
ओशो आश्रम आउन नपाउदा
मनै हो चिच्याइरन्छ
साधनाबिनाको जीवन
विवशताले गिज्याउछ
सदगुरु तिम्रो साथ नपाउदा
यातनाले पंखा फिजाउछ
तिम्रो अमृत वाणिले
उर्जै उर्जा प्राप्त हुन्छ
गुरुको खोजिमा पनी
भडकिनबाट रोकी दिन्छ
सम्मानले भरिएको तिम्रो राज्यमा
असमान कोही हुँदैनन्
धनी र गरिवबिच खाडल हुदैन
अन्यायको त के कुरा
पिडित हुदैनन्
पिडक हुदैनन्
कोहि अतृप्ति रहदैनन
तिम्रो महानताको के अर्थ लगाउ
तिम्रो बलिदानको कुन शब्दले बयान गरु ?