२०८१ बैशाख १२ , बुधवार

कनेक्टआईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफर : अब सजिलै आफ्नो साथीसँग भुक्तानीको खुसी साट्न सकिने

सुनाखरी न्युज/ काठमाडौं । कनेक्टआईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफरअन्तर्गत कनेक्टआईपीएसका प्रयोगकर्ताले आफ्ना साथी, परिवार तथा आफन्तजनलाई कनेक्टआईपीएसमा रजिस्टर हुन रिफर गर्न सक्नेछन्।

 

उक्त अफरअन्तर्गत भोलि जेठ १ गतेदेखि असार ३१ गतेसम्म ‘रिफरर’ले रु. २५ आफ्नो बैंक खतामा र ‘रिफरी’ले रु. २५को मोबाइल टप–अप प्राप्त गर्न सक्नेछन्। अफरको फाइदा लिन ‘रिफरर’ले आफ्ना साथी तथा आफन्तजनलाई आफ्नो ‘रिफरल कोड’ दिनुपर्ने हुन्छ। ‘रिफरी’ले भने कनेक्टर आईपीएसमा नयाँ युजर रजिस्टर गर्दा उक्त ‘रिफरल कोड’ दाखिला गरी एकपटक आफ्नो मोबाइल नम्बर र ई–मेल आईडी भेरिफाई गरेपश्चात ‘रिफरर’ले रु. २५ आफ्नो बैंक खतामा र ‘रिफरी’ले रु. २५ को मोबाइल टप–अप प्राप्त गर्नेछ।

 

रिफररले आफ्नो ‘रिफरल कोड’सँगै लिंक पनि सेयर गर्न सक्नेछ र रिफरीले उक्त लिंक क्लिक गरी www.connectips.com वा मोबाइल एपमार्फत नयाँ युजर बनाउन सक्नेछ। कनेक्टआईपीएस बैंकका ग्राहकका लागि एकै प्ल्याट्फर्ममार्फत एकभन्दा बढी खाता लिंक गरी फन्ड ट्रान्सफरलगायत विभिन्न भुक्तानी गर्नका निम्ति एक सजिलो माध्यम हो। कनेक्टआईपीएसको वेबमार्फत प्रतिकारोबार रु. २० लाखसम्म र यसको मोबाइल एपमार्फत प्रतिकारोबार रु. २ लाखसम्मको भुक्तानी गर्न सकिन्छ। यसमार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, सेयर कारोबार, नेपालपे क्यूआरलगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ।

कनेक्टआईपीएसमार्फत चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५२ सदस्य बैंक तथा वित्तीय संस्थामार्फत रु. २८ खर्ब ५० अर्बबराबरको ३ करोड ६० लाखभन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ।