२०८१ बैशाख ११ , मंगलबार

सय करोड नाघ्यो बलिउड फिल्म द केरल स्टोरी , ब्लकबस्टर हुने निश्चित

सुनाखरी न्युज / बलिउड फिल्म द केरल स्टोरीु सय करोड क्लबमा समावेश भएको छ। दुई दिनमा १९ करोड २२ लाख कमाएको फिल्मले बक्सअफिसमा यात्रा लामो गर्न सक्नेछ । २८ करोडको लागतमा तयार भएको फिल्मले प्रदर्शनको तीन दिनमै लगानी सुरक्षित गर्ने देखिन्छ । र, प्रदर्शनको दोस्रो हप्ताको विकेन्डसम्ममा सय करोडको आँकडा नघाउन सक्ने प्रक्षेपण भारतीय ट्रेड एनालिस्टहरुको छ । प्रदर्शन अगाडि फिल्मको कथावस्तुलाई लिएर ठूलो विवाद भएको थियो । हिन्दी फिल्म बजार विश्लेषक तरण आर्दशका अनुसार फिल्मले नौ दिनमा ११२ करोड ९९ लाख भारू कमाएको छ।

 

८ करोड ३ लाख भारूको ओपनिङ गरेको फिल्मले दोस्रो दिन ११ करोड २२ लाख, तेस्रो दिन १६ करोड ४ लाख, चौथो दिन १० करोड ७ लाख, पाँचौं दिन ११ करोड १४ लाख, छैठौं दिन १२ करोड, सातौं दिन १२ करोड ५ लाख र आठौं दिन १२ करोड २३ लाख कमाइ गरेको छ प्रदर्शनअघि फिल्मको खासै चर्चा नभए पनि प्रदर्शनपश्चात फिल्मले बक्स अफिसमा आक्रमक व्यापार गरिरहेको छ। विवादित विषयमा फिल्म बनाएको भन्दै भारतका विभिन्न राज्यमा प्रतिबन्ध लगाइएको छ।धेरैले ‘द केरल स्टोरी’को तुलना अभिनेता अनुपम खेर अभिनीत फिल्म ‘द कश्मीर फाइल्स’सँग पनि गरिरहेका छन् । दुवैले धार्मिक मुद्धा उठाएका छन् । ‘द कश्मीर फाइल्स’ले पहिलो दिन ३ करोड ५५ लाख कमाएको थियो भने दोस्रो दिन १४० प्रतिशत बढोत्तरी गर्दै ८ करोड ५० लाख जोडेको थियो । तर, यो फिल्मको दोस्रो दिनको व्यापार ‘द केरल स्टोरी’ले झन्डै पहिलो दिन नै गरेको छ ।

 

फिल्मले फरक फरक पृष्ठभूमिका चार युवतीहरुको कथा पेश गरेको छ । इस्लाम ९मुस्लिम० धर्मको नाममा भैरहेको कहालीलाग्दो पाटोलाई फिल्मले देखाएको छ । धर्म परिवर्तन गर्न लगाएर महिलाहरुलाई कसरी आईएसआईएसमा भर्ना गराउने काम भैरहेको छ भन्ने फिल्मले देखाउँछ । सत्य घटनामा आधारित भएर निर्माण भएको फिल्मलाई सुदीप्तो सेनले लेखन र निर्देशन गरेका हुन् ।सुदीप्तो सेनले निर्देशन गरेको फिल्ममा अदा शर्मा, योगीता बिहानी, सोनिया बलानी, सिद्धी अडलानी, विजय कृष्ण, प्रणय पचौरी, प्रनव मिश्रालगायत कलाकारको अभिनय रहेको छ।