२०८१ बैशाख १२ , बुधवार

राष्ट्र बैंकले सोमबार २४ अर्ब ७४ करोड रुपैयाँ भन्दाबढीको ट्रेजरी बिल जारी गर्ने

Nepal Rasta Bank- NRB

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २४ अर्ब रुपैयाँ भन्दाबढीको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ, १८२ दिन अवधिको ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ र ३६४ दिन अवधिको एक अर्ब ८९ करोड रुपैयाँ गरी कुल २४ अर्ब ७४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

 

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी जेठ ३० गते, ९१ दिन अवधिको ट्रेजरी साउन ३० गते, १८२ दिन अवधिको कात्तिक २८ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ जेठ १ गते परिपक्व हुनेछ । यसअघि बैंकले २८ दिन अवधिको ३ अर्ब, ९१ दिन अवधिको १२ अर्ब १० करोड रुपैयाँ, १८२ दिन अवधिको ९ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ६ अर्ब ८ करोड रुपैयाँ गरी कुल ३० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

 

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले सोमबार ट्रेजरी बिल जारी गर्नेछ ।