२०८० चैत्र १६ , शुक्रवार

यि हुन् करेलाका जुस पिउनुका फाइदा

 

सुनाखरी न्युज /  काठमाडौं  –  स्वादमा तीतो हुने भएकोले धेरैलाई करेला मन नपर्न सक्छ । करेलामा धेरै प्रकारका गुणहरु छन् । परम्परागत चिकित्साको रुपमा करेला अत्याधिक प्रयोग हुने गर्दछ । करेलाको जुस पिउनाले विभिन्न स्वास्थ्य समस्याहरुबाट छुटकारा पाउन सकिन्छ ।दिनहुँ बिहान खाली पेट करेलाको जुस पिएर तपाईं कैयौं समस्याहरूबाट निजात पाउन सक्नुहुन्छ । करेलाको जुस बिहान खाली पेट पिउँदाका फाइदाहरू यस प्रकारका छन्–

 

– शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि करेलाको जुस पिउनु फाइदाजनक हुन्छ । यसमा भरपूर मात्रामा भिटामिन सी पाइन्छ जसले इम्युनिटी बढाउने काम गर्छ ।

– मधुमेहको समस्यामा करेलाको जुस पिउनु यसबाट निजात पाउने एउटा राम्रो विकल्प हुन सक्छ । करेलामा एन्टी–डायबिटिक गुण हुन्छन्, जसले शरीरमा इन्सुलिनको मात्रालाई नियन्त्रणमा राख्ने गर्दछ ।

 

– करेला पाचन प्रक्रियाका लागि पनि राम्रो मानिन्छ । नियमितरूपमा बिहान खालीपेट करेलाको जुस पिउनाले शरीरमा जम्मा भएको टक्सिन बाहिर निस्कन्छ । जसले गर्दा लिवरको सफाइ हुन्छ ।

– उच्च रक्तचापको समस्या भएको खण्डमा बिहान खालीपेट करेलाको जुस पिउनाले फाइदा पुग्न सक्छ । करेलामा पोटासियम भरपूर मात्रामा पाइन्छ जसले उच्च रक्तचापलाई नियन्त्रण गर्न सक्छ । तर, न्यून रक्तचाप भएकालाई भने हानिकारक हुन सक्छ ।