२०८१ बैशाख १९ , बुधवार

छाला जवान बनाइराख्न लगाउनुहोस काँचो दुध

 

सुनाखरी न्युज / काठमाडौं – अनुहारमा काँचो दुध लगाउँदा तपाईंको छालामा विभिन्न फाइदाहरु हुन्छन । चामलको पिठो र काँचो दुधबाट बनेको फेसप्याकले अनुहारमा चमक बढाउँछ । चामलको पिठोमा काँचो दुध मिसाएर पेस्ट बनाउने र उक्त पेस्ट अनुहार तथा घाँटीको भागमा लगाएर २५ मिनेट राखेपछि सफा पानीले धुनुपर्छ ।

 

त्यस्तै महमा काँचो दुध मिसाएर लगाउँदा पनि अनुहार मुलायम तथा जवान देखिन्छ । सुख्खा छाला हुनेहरुले यसरी दुध लगाउँदा फाइदा गर्छ ।बेसनमा मिसाएर काँचो दुध लगाउन पनि सकिन्छ । बेसन र काँचो दुध मिसाएर बनाएको पेस्टलाई अनुहारमा २५ मिनेट जति राखेमा प्राकृतिक निखार ल्याउँछ ।

 

काँचो दुधलाई मात्र अनुहारमा लगाउँदा पनि प्राकृतिक ब्लिचको काम गर्छ । काँचो दुध अनुहारमा लगाएर सुक्न दिने र मसाज गर्दै सफा गरेमा प्राकृतिक चमक ल्याउँछ ।यसरी काँचो दुधलाई टमाटर, बेसार आदिमा मिसाएर लगाउँदा पनि घामले डढेको छालामा फाइदा गर्दछ ।  एजेन्सी