२०८० चैत्र १६ , शुक्रवार

काँचो आँपको शरबत पिउनुका फाइदाहरु

 

सुनाखरी न्युज / अहिले देशभर गर्मी बढेको छ । अझ ३ दिनयता तराईका जिल्लाहरुमा त ह्वात्तै गर्मी बढेको छ । यो मौसममा बजारमा प्रशस्त आपँ पाउने गरिन्छ । काँचो आँपमा फाइबर, क्याल्सियम, आइरन, म्याग्नेशियम, प्रोटिन, फस्फोरस, पोटाशियम, जिंक लगायत विभिन्न गुणहरु पाइन्छन । धेरैलाई काँचो आँपको अमिलो स्वाद मन पर्ने गर्दछ । अहिले यसको मौसम पनि हो । बजार लगायत तपाईं बगैंचामा काँचो आँप पाउन सक्नुहुन्छ । गर्मीमा यसलाई नियमित आफ्नो खानपानमा समावेश गर्दा शरीरलाई विभिन्न फाइदाहरु प्राप्त हुन्छन ।अन्य परिकार सँगै यसलाई शरबत बनाएर पिउनु अझै उत्तम मानिन्छ ।

 

काँचो आँपका फाइदा

– गर्मीमा हुने संक्रमणहरुबाट बच्नका लागि रोग प्रतिरोधात्मक क्षमता राम्रो हुनु पर्दछ । जसलाई बढाउन काँचो आँपको शरबत सहयोगी हुन्छ ।

– यसमा भिटामिन ए पाइन्छ । जसको सेवन गर्नाले आँखाको स्वास्थ्य पनि राम्रो हुन्छ ।

 

– काँचो आँपको शरबत पिउनाले शरीर दिनभर हाइडेट रहन्छ । ताजा तथा फ्रेश महसुस गर्नका लागि बिहानको समयमा शरबतको सेवन गर्न    सकिन्छ ।

– गर्मीमा एसिडिटीबाट छुट्कारा पाइन्छ । काँचो आँपमा ग्यास्ट्रोप्रोटेक्टिव प्रभाव हुन्छ जसले एसिडिटी कम हुन्छ ।

– गर्मीमा वाकवाकी हुने खालका समस्याहरुबाट छुट्कारा पाउनका लागि पनि काँचो आँपको शरबत पिउन सकिन्छ ।

 

काँचो आँपको शरबत बनाउने तरिका

– यो शरबत बनाउनका लागि एउटा काँचो आँप, पुदिनाको पात, जिरा पाउडर, गुड र स्वाद अनुसार कालो नुनको आवश्यकता पर्दछ ।

– काँचो आँपलाई धोएर साना साना टुक्रामा काट्ने ।

– अब उक्त आँपलाई मिक्सरमा राखेर पेस्ट तयार गर्ने ।

– उक्त पेस्टमा एक मुठी जति पुदिनाको पातहरु राख्ने र फेरि मिक्सर चलाउने ।

– उक्त मिश्रण तयार भएपछि जिरा पाउडर, कालो नुन, आधा चम्चा जति गुडको पाउडर मिसाउने ।  एजेन्सी