२०८१ बैशाख १३ , बिहिवार

चलचित्र ‘दि केरल स्टोरी’ प्रतिबन्ध गरेकी पश्चिम ब‌गालकी मुख्यमन्त्रीले भेटिन सलमान खानलाई

सुनाखरी न्युज / बलिउड अभिनेता सलमान खानले शनिबार पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग उनको कालीघाट निवासमा शिष्टाचार भेट गरेका छन्। सलमान खान अपराह्न ४ः२५ बजे मुख्यमन्त्रीको निवास पुगेका थिए। जुनबेला सुपरस्टार खानलाइ एक झलक हेर्न ठूलो संख्यामा फ्यान सडकमा भेला भएका थिए।सलमान खान अपराह्न ४ः२५ बजे मुख्यमन्त्रीको निवास पुगेका थिए । जुन बेला सुपरस्टार खानलाई एक झलक हेर्न ठुलो सङ्ख्यामा फ्यान सडकमा भेला भएका थिए ।

दक्षिण भारतीय चलचित्र ‘दि केरल स्टोरी’ चलचित्रलाई आफ्नो राज्यमा प्रतिबन्ध गरेकी बर्नजीले बलिउड अभिनेता भेटे पछि थप चासो जनाइएको छ । धर्मान्तरणको विषय उठान गरिएको सो चलचित्रले जातीय र समुदायगत सम्प्रदायबिच वैमनस्य बढाउने भन्दै उनले सो चलचित्र प्रतिबन्ध गरेकी हुन् । ममता बनर्जीले आफ्नो फेसबुक पोस्टमा लेखेकी छिन्, ‘आज मेरो निवासमा चर्चित फिल्म अभिनेता सलमान खानसँग भेट्न र कुराकानी गर्न पाउँदा म निकै खुसी छु । हामीले चलचित्र जगतदेखि कला, समाज र जनताको विकाससम्मका विभिन्न विषयमा अर्थपूर्ण छलफल गरेका थियौँ ।

 

व्यस्त कार्यक्रमको बीचमा यहाँ आउनु भएकोमा म सलमानप्रति विशेष आभार व्यक्त गर्दछु। सु–स्वास्थ्यका साथ सफलताको सिँढी चढिरहोस । म उहाँको भविष्यको लागि मेरो शुभकामना व्यक्त गर्दछु।’ सुरक्षा अधिकारीहरुका अनुसार सलमानले मुख्यमन्त्रीको निवासमा करिब ३० मिनेट बिताएका थिए । अभिनेता खान इस्ट बङ्गाल फुटबल क्लबको शतवार्षिकी समारोहमा सहभागी हुन बेलुका साँझ आएका हुन्।