२०८१ बैशाख १५ , शनिवार

गायक प्रदीपले ल्याए तै माया

सुनाखरी न्युज/ काठमाडौं । गायक प्रदीप कार्कीको गीत तै माया भिडियोसहित सार्वजनिक भएको छ। दीपक शर्माको शब्द र संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्जमेन्ट तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ रहेको छ।

 

डान्सिङ शैलीमा तयार पारिएको गीतको भिडियोमा मोडलद्वय सुनील क्षेत्री र एलिशा शर्माले अभिनय गरेका छन्। गीतले एक प्रेमिल जोडीको प्रेम सम्बन्ध र निकटता देखाएको छ।

 

दुर्गा पौडेलको छायांकन रहेको भिडियोको सम्पादन विकाश ज्ञवालीले गरेका छन्। गायक कार्कीले यसअघि सुनै सुनको तिलहरी, यो जिन्दगी, मेरा लागि तिमीभन्दा, बीचै बाटोलगायतका गीत बजारमा ल्याइसकेका छन्।