२०८१ बैशाख १२ , बुधवार

सुनचाँदीको मूल्य स्थिर

सुनाखरी न्युज/ काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख १० हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार स्थिर रहेर एक लाख १० हजार ८ रूपैयाँमै कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख १० हजार २५० रूपैयाँमै कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार स्थिर रहेर १ हजार ३७५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।