२०८१ बैशाख १४ , शुक्रवार

आशङ्काहरूलाई पूर्णविराम लगाउँदै राघव र परिणीतिले गरे इन्गेजमेन्ट

सुनाखरी न्युज/ काठमाडौं । आम आदमी पार्टीका युवा सांसद राघव चड्ढाले बलिउड अभिनेत्री परिणीति चोपडासँग इन्गेजमेन्ट गरेका छन् । शनिबार दिल्लीको कपूरथाला हाउसमा आयोजित कार्यक्रमबीच उनीहरूले इन्गेजमेन्ट गरेका हुन् ।

 

राघव र परिणीति यो वर्षको सुरुवातदेखि नै चर्चामा रहेका थिए । उनीहरूको विवाहबारे लामो समयदेखि विभिन्न आङ्कलन गरिँदै आएको थियो । गत मार्चमा संसद् सत्रका दौरान सभापतिको कुर्सीमा रहेका उपराष्ट्रपति जगदीप धनखडले समेत राघवलाई जिस्क्याउँदै ‘आजकल तपाईं सामाजिक सञ्जालमा निकै छाउनुभएको छ’ भनेका थिए । त्यतिबेला नै आम आदमी पार्टीका एक सांसद सञ्जीव अरोडाले सामाजिक सञ्जालमा एक पोस्ट साझा गर्दै दुई जनालाई बधाई दिएका थिए ।

 

राघव दिल्लीको राजिन्दर नगर विधानसभा क्षेत्रबाट निर्वाचित विधायक हुन् । उनलाई सन् २०२२ को पञ्जाब चुनावमा आम आदमी पार्टीको तर्फबाट सहप्रमुख बनाइएको थियो । पञ्जाबमा आम आदमी पार्टीको प्रचण्ड जीतमा उनको प्रमुख योगदान रहेको छ । राघवले दिल्लीको विश्वविद्यालयबाट स्नातकको पढाई गरेका थिए र पछि उनी चार्टर्ड अकाउन्टेन्ट पनि बने । यसको साथै उनी आम आदमी पार्टीका राष्ट्रिय कार्यकारिणी सदस्य तथा राष्ट्रिय प्रवक्ता पनि हुन् ।एजेन्सी