२०८१ बैशाख १४ , शुक्रवार

राष्ट्र बैंकले सेवा, कृषि र निर्माण क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनर्संरचना वा पुनर्तालिकीकरण गर्ने

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा, कृषि र निर्माण क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनर्संरचना वा पुनर्तालिकीकरण गर्ने बताएको छ ।

 

 

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गर्दै राष्ट्र बैंकले होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्वन्धित कर्जालार्ई २०८० असार मसान्तभित्र पुनरसंरचना/पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने जानकारी दिएको छ । अर्थतन्त्रको वास्तविक क्षेत्रमा देखिएको शिथिलतालाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाहको विश्लेषण गरी आवश्यकता र औचित्यताको आधारमा यस्ता कर्जाको पुनर्तालिकीकरण गर्न सकिने राष्ट्र बैंकको भनाई छ । यस्तै ५ करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई पनि २०८० असार मसान्तभित्र पुनरसंरचना/पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने बताईएको छ ।

 

यस्तै राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गर्ने तथ्याङ्कको आधारमा पछिल्ला दुई त्रयमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका आर्थिक क्षेत्रहरुसँग सम्वद्ध ऋणीहरुले सुविधा पाउने गरी कोषमा उपलव्ध स्रोतको सीमाभित्र रही पुनरकर्जा सुविधा उपलव्ध गराउने व्यवस्था मिलाइने बताएको छ । तथ्यांक कार्यालयका अनुसार यसरी पछिल्लो लगातार २ त्रैमाससम्म खानी, निर्माण र यातायात क्षेत्रमा ऋणात्मब वृद्धि भएको देखिएको छ ।