२०८१ बैशाख १४ , शुक्रवार

भारतको कर्नाटकमा कांग्रेसलाई स्पष्ट बहुमत

सुनाखरी न्युज/ काठमाडौं । कर्नाटक विधानसभा चुनावमा भारतीय काङग्रेस (काङ्ग्रेस–आई)ले २२४ सिटमध्ये १३६ सिट प्राप्त गरी बहुमत प्राप्त गरेको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार कर्नाटक बिधानसभामा विजेपीले ६५ सीटमा खुम्चिएको छ ।

 

भारतको कर्नाटक राज्यमा भारतीय राष्ट्रिय कांग्रेस पार्टीले बहुमत प्राप्त गरेको छ । कर्नाटक विधानसभाका लागि भएको निर्वाचनको मतपरिणामअनुसार कांग्रेसले १३६ सीट जितेको छ । २२४ सदस्यीय विधानसभामा बहुमतका लागि ११३ सीट आवश्यक पर्छ । त्यस्तै, सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले नराम्रोसँग हार बेहोर्नु परेको छ । उसले ६५ सीट मात्रै जितेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अगाडि सारेर चुनावमा होमिएको भाजपाले सत्ता गुमाएको छ । गत निर्वाचनमा १०४ सीट जितेको थियो । तेस्रो स्थानमा रहेको क्षेत्रीय दल जनता दलले १९ सीट जितेको छ भने अन्य साना दल र स्वतन्त्रले चार सिटमा जितेका छन् ।

 

भारी समर्थन देखिएपछि काङ्ग्रेसले पार्टीको दिल्लीस्थित केन्द्रीय कार्यालय र कर्नाटकस्थित क्षेत्रिय कार्यालयमा पटाका पड्काएर खुशी मनाएका छन् । कर्नाटक विधानसधाको २२४ सदस्यका लागि यही मे १० मा सम्पन्न भएको निर्वाचनको मत गणना शनिबार बिहान ८ बजेदेखि शुरू भएको थियो । राजनीतिक दलहरूको चर्को प्रचार–प्रसार भएको यो चुनाव भाजपा र काङ्ग्रेस दुवैका लागि महत्वपूर्ण छ ।