२०८१ बैशाख ७ , शुक्रवार

प्रथम एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको तयारी पूरा

सुनाखरी न्युज/ काठमाडौं । संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड, बाल्टिमोरमा एभरेष्ट बर्ल्ड क्लास तेक्वान्दोको तत्वावधानमा “एभरेष्ट तेक्वान्दो केयर फाउन्डेसन” को सहयोगार्थ सन् २० मे २०२३ मा संचालन हुने “प्रथम एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता” को तयारी पूरा भएको छ।

 

उक्त प्रतियोगिताका डाइरेक्टर तथा एभरेष्ट वर्ड क्लास तेक्वान्दो स्कुलका संचालक सिनियर मास्टर कुमार कार्कीले जानकारी दिनु भएको छ । उक्त प्रतियोगितामा गेरुगी तर्फ (वर्ल्ड क्लास र ओपन डिभिजन) तथा पुम्से तर्फ (स्पोर्ट पुम्से र ओपन पुम्मे) गरी चार वटा विधामा ४०० भन्दा वढी खेलाडीहरुले आ-आफ्नो समुहमा प्रतिश्पर्धा गर्ने छन् । प्रतियोगिता संचालन गर्नका लागि मेरिल्याण्ड, बाल्टिमोरमा रहेको CCBC Catonsville Community College Gymnasium मा रहेको सुविधा सम्पन्न हलमा ८ वटा कोर्ट रहने छन । जसमा ४ वटा कोर्टमा वर्ल्ड क्लास तर्फका खेलाडीहरुले प्रतिश्पर्धा गर्ने छन भने बाँकि ४ वटा कोर्टमा ओपन डिभिजन तर्फका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन । उक्त प्रतियोगिता संचालन गर्न तपशिल बमोजिमको आयोजक टिम रहेको मास्टर कार्कीले जानकारी दिए ।

तपशिल
प्रतियोगिता प्रमुख : सिनयर ग्राण्डमास्टर एच. के. ली
प्रतियोगिता कोअर्डिनेटर : मोहन थापा
मिडिया कोअर्डिनेटर : श्रृजन ताम्राकार

१. मास्टर कुमार कार्की (ट्रुनामेन्ट डाईरेक्टर) २. माष्टर दिनेश श्रेष्ठ (रेफ्री को चेयर) ३. मास्टर राजु क्षेत्री ४. मास्टर कृष्ण वलाल ५. मास्टर रिचार्ड आईफोला ६. मास्टर राजु नगरकोटी ७. मास्टर कल्पना कार्की ८. मास्टर लक्ष्मण बहादुर ऐर ९. मास्टर पूर्ण आचार्य १०. मास्टर मलभिन मोटे ११. मास्टर कृष्ण मुरारी खड्का १२. मास्टर यान कुमारी चौलागाई १३. मास्टर विकास घले गुरुङ १४. मास्टर गोपाल भण्डारी १५. मास्टर संजिव नेपाली १६. मास्टर डव्ल्यू १७. मास्टर नकुल शर्मा १८. मास्टर कौशिला खनाल १९. मास्टर क्रिषा कार्की २०. इन्स्ट्रक्टर डेक दर्जी २१. इन्स्ट्रक्टर कल्पना क्षेत्री २२. इन्स्ट्रक्टर प्रकाश ढुंगाना २३. इन्स्ट्रक्टर विनिता पुरी राई २४. इन्स्ट्रक्टर सोम आचार्य २५. इन्स्ट्रक्टर ममिता सुवेदी २६. इन्स्ट्रक्टर आर बी खड्का २७. इन्स्ट्रक्टर पुनम दुलाल २८. इन्स्ट्रक्टर सुमी परियार २९. इन्स्ट्रक्टर अर्पण पूरी ३०. इन्स्ट्रक्टर तारा रायमाझी ३१. इन्स्ट्रक्टर रमिला रोक्का मगर

साथै उक्त प्रतियोगितालाई निम्न संस्थाहरुले सहयोगात्मक भूमिका निभाएका छन ।

निम्न :
१. मेरिल्याण्ड तेक्वान्दो संघ
२. एन आर एन ए मेरिल्याण्ड च्याप्टर
३. बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना)
४. साथी बाल्टिमोर
५. एच के ली तेक्वान्दो एकेडेमी (भर्जिनिया)
६. हिमालयन तेक्वान्दो (पेन्सिलभेनिया/केन्टकी)
७. सनसाइन तेक्वान्दो (ओहायो)
८. ग्लोवल तेक्वान्दो (पेन्सिलभेनिया)
९. युनाइटेड एभरेष्ट तेक्वान्दो (पेन्सिलभेनिया)
१०. इगल तेक्वान्दो एकेडेमी (न्यूयोर्क)
११. जुन लि तेक्वान्दो एकेडेमी (भर्जिनिया)
१२. नाम्लो अन एयर
१३. समाज टाइम्स
१४. ई नेप्लिज
१५. सन्देश टुडे
१६. नेप्लिज डाइसपोरा
१७. डि सि नेपाल

संयुक्त राज्य अमेरिकाको विभिन्न राज्यहरुबाट हालसम्म ३७५ जना खेलाडीहरुले नामावली दर्ता गरी सकेको र खेलाडी दर्ता गर्ने क्रम जारी नै रहेको उनले जानकारी दिए । उक्त प्रतियोगिता संचालनका लागि ९ जना अन्तर्राष्ट्रिय निर्णायकहरु समेत गरी जम्मा ३५ जना निर्णायकहरुको नामावली संकलन भई सकेको समेत उनले जानकारी दिए ।

सिनियर मास्टर कुमार कार्कीको विशेष पहलमा संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड बाल्टिमोरमा, “एभरेष्ट तेक्वान्दो केयर फाउण्डेसन” नामक गैह्र नाफा मूलक सँस्था समेत दर्ता गरेका छन । उक्त सँस्थाको महासचिवमा मास्टर रिचार्ड आईफोला (Richard Iafolla) रहेका छन भने संरक्षकमा स्वयं सिनियर मास्टर कुमार कार्कीका साथै अन्य नेपाली तथा विदेशी तेक्वान्दो खेलका मास्टरहरु यस सँस्थामा रहेका छन । आगामी वर्षहरुमा नियमित रुपमा उक्त सँस्था मार्फत नै प्रतियोगिताहरु संचालन गरी नेपालमा तेक्वान्दो खेलको विकास तथा विस्तारका साथसाथै अन्य खेल लगायत नेपालको विभिन्न पिछडिएका ग्रामिण बस्तिहरुमा स्वास्थ्य र शिक्षाका क्षेत्रमा समेत सहयोग गर्ने उक्त सँस्थाको उद्देश्य रहेको जानकारी मास्टर कार्कीले दिए ।

साथै उनले विगत केही वर्षदेखि नेपालमा समेत नेपाल तेक्वान्दो संघसँग समन्वय गरी “एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता” संचालन गर्दै आएका छन । उनले नेपालको विभिन्न ठाउँहरुमा उक्त प्रतियोगिता संचालन गरि सकेका छन भने आगामी डिसेम्वर २०२३ मा चितवनमा संचालन हुने प्रतियोगिताका लागि समेत नेपाल तेक्वान्दो संघसँग समन्वय गरी संचालन गर्ने उनले जानकारी दिए । तेक्वान्दो खेलमा अनवरत रुपमा कडा मेहनत र परिश्रम गरी निरन्तरता दिदै आएका मास्टर कार्की आफुले आय आर्जन गरेको पैसाको केही अंश आफ्नो जन्मभूमि नेपालमा खेलकुदको विकासमा लगाउन पाउदा छुट्टै किसिमको आनन्द महशुस हुने र आगामी दिनहरुमा नेपालमा तेक्वान्दो खेल, अन्य खेल लगायत विविध क्षेत्रहरुमा “एभरेष्ट तेक्वान्दो केयर फाउण्डेसन” मार्फत सहयोग गरी राख्ने जानकारी समेत दिए ।

 

विगत तीन दशकदेखि तेक्वान्दो खेलमा अनवरत रुपमा लागि रहेका सिनियर मास्टर कुमार कार्कीले सन् २०१५ देखि संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड, बाल्टिमोमा “एभरेष्ट वर्ड क्लास तेक्वान्दो” स्कुल संचालन गर्दै आएका छन । जुन स्कुलमा ४ बर्षदेखि ७३ बर्षसम्मका २०० जना खेलाडीहरुले नियमित रुपमा प्रशिक्षण लिदै आएको कुरा उनले बताए । उक्त स्कुलको संचालन, व्यवस्थापन तथा प्रशिक्षणका लागि उनलाई दह्रो साथ उनकै श्रीमती मास्टर कल्पना कार्की (पाचौं डिग्री व्ल्याक वेल्ट) को रहेको छ । मास्टर कल्पना नेपालको पूर्व राष्ट्रिय खेलाडी समेत हुन भने उनको छोरी मास्टर क्रिषा कार्की (चौथो डिग्री व्ल्याक वेल्ट) ले समेत बाल्यकालदेखि नै उक्त स्कुलमा खेल्ने तथा खेलाउने काम गर्दै आएकी छिन । हरेक व्यक्ति सफलतामा परिवारको महत्वपूर्ण भूमिका अति आवश्यक रहन्छ जसका लागि उनले परिवारबाट भरपूर साथ र सहयोग पाएका छन ।

 

यसका साथै उक्त स्कुलमा लामो समयदेखि माष्टर दिनेश श्रेष्ठले प्रशिक्षण दिदै आएका छन भने हाल मास्टर राजु नगरकोटी, मास्टर लक्ष्मण बहादुर ऐर, मास्टर गोपाल भण्डारी, मास्टर डव्ल्यू, मास्टर आईफोला र मास्टर यान कुमारी चौलागाई रहेका छन् । साथै मास्टर कार्कीले संयुक्त राज्य अमेरिकाको पेन्सिलभेनिया लगायत अन्य राज्यहरुमा समेत तेक्वान्दो स्कुल संचालनका लागि अन्य नेपाली तथा विदेशी तेक्वान्दोकर्मीहरु लाई साथ, सहयोग एवं विविध प्राविधिक कुराहरुको प्रशिक्षण दिदै आएका छन ।