२०८१ बैशाख १२ , बुधवार

पोखरा १९ मा आमा समुह स्तरीय हाजिरीजवाफ

शिशिर उजाड/ पोखरा । पोखरा महानगरपालिका वडा १९ मा महिला समुहका विच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। पोखरा मनपा सामाजिक बिकास महाशाखा को आर्थिक सहयोग , पोखरा मनपा वडा नं १९ को समन्वयमा र सम्झना आमा समुह तल्लाडाडाको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कुल १० टिम सहभागि भएका थिए ।

 

उक्त कार्यक्रममा सृजनशिल आमा समुह (डाडागाम) प्रथम स्थान हासिल गर्यो भने जनजागृति आमा समुह ( तल्लाकोट ठाटी) ले दोस्रो स्थान हासिल गर्यो ,तेसै गरी चारघरे जागृति आमा समुह (चारघरे) तृतीय हासिल गर्यो भने जुनेली आमा समुह ( गोस्ते) ले सान्त्वना स्थान हासिल गरी नगद पुरस्कार सहित सम्ममान गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि वडा नं १९ का वडा सदस्य बिकास कुमार आचार्यले विजयी टिमलाई नगद पुरस्कार वितरण गर्नुभएको थियो। विजयी टिमलाई नगद ४ हजार, ३ हजार,२ हजार र १ हजार पुरस्कार दिइएको थियो ।

 

कार्यक्रममा बिशेष अतिथि बड़ा सदस्य दुर्गा देबी बस्नेत ,अतिथिहरु बिन्ध्येश्वरी माबिका प्राध्यानाध्यापक श्रीराम आचार्य , भारती भवनका शिक्षिका सृजना खनाल , डाडाचारघरे साकोसका अघ्यक्ष तुलसी बास्तोला , समाजसेबी बुबा ऋृषिराम बास्तोला लगायतकाले वोलेका थिए। समुहका अध्यक्ष जमुना बास्तोलाको अघ्यक्षतामा भएको कार्यक्रम बुद्दिकला बास्तोला ले सन्चालन गर्नु भएको थियो ।