२०८० चैत्र १५ , बिहिवार

निर्माण व्यवसायी शाहद्वारा सहयोगको याचना

शिशिर उजाड/ पोखरा । पोखराका निर्माण व्यवसायी ईन्द्र प्रसाद शाहले आफ्नो उपचारमा सहयोग गरिदिन याचना गरेका छन्।

 

उदयपुर घर भई विगत ३ दशकदेखि पोखरामा वसेर निर्माण व्यवसायमा संलग्न रहेका शाह केही महिनादेखि ब्रेन ट्युमरवाट पिडित भइ काठमाडौँ स्थित न्युराे अस्पतालमा उपचाररत छन्। पोखरामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ लगिएको र उपचार महंगो तथा जटिल रहेको पारिवारिक श्रोतले बताएको छ।

 

उपचार महंगो भएका कारण आफुसँग भएको सवै रकम सिद्धिएको र उपचार गराउन कठिनाई भएकाले सहयोगीसँग हात फैलाईएको उनको परिवारले बताएका छन्। उनको उपचारको लागि पोखराका सामाजिक अभियन्ता शिवराज देवकोटाले सामाजिक सञ्जाल मार्फत सहयोगको आग्रह गरेका छन्। उनीसँगै कमल तिमिल्सिना, विर बहादुर तामाङ र विश्व बस्नेतले पनि सहयोगको अपेक्षा सहित अभियान चलाएका छन्।