२०८१ बैशाख १४ , शुक्रवार

मेलम्चीको पानी वितरण जेठ १ देखि रोकिने, यस्तो छ कारण !

सुनाखरी न्युज/ सिन्धुपाल्चोक ।

मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।

 

सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले दुई हप्ताका लागि उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले जानकारी दिए ।