२०८१ बैशाख २२ , शनिवार

२२ वर्षका युवकले ४८ वर्षकी पूर्व शिक्षिकासँग गरे विवाह

सुनाखरी न्युज/ काठमाडौं । २२ वर्षका एक मलेसियाली युवक र ४८ वर्षकी उनकी पूर्व शिक्षिकाबीचको विवाह पछिल्लो समय चर्चाको विषय बनेको छ ।

 

मुहम्मद दानियल अहमद अलिले आफ्नी श्रीमती जामिला मोहदलाई पहिलो पटक सन् २०१६ मा भेटेका थिए । त्यति बेला जामिला उनको जुनियर हाई स्कुलमा मले भाषाकी शिक्षिका थिइन् । सुरुमा यी दुईबीच कुनै रोमान्टिक सम्बन्ध थिएन । यद्यपि, २२ वर्षका मुहम्मदले जामिलाको सबैलाई माया गर्ने स्वभावबारे भने आफूलाई सुरुवाती समयदेखि नै याद गरेको बताए ।

 

मोहम्मद फर्म–४ कक्षामा पढिरहेका बेला यी दुईबीचको सम्पर्क तोडियो । तर प्रधानाध्यापकको कार्यालयमा एक दिन अचानक जानुपर्दा उनले आफ्नी पूर्व शिक्षिकालाई याद गरेको बताए । त्यति बेला उनीहरूको ‘हाई, हेल्लो’ मात्रै भयो । तर फर्म–५ मा पुगेपछि भने मुहम्मदले जामिलालाई धेरै याद गर्न थाले । त्यही वर्ष उनले मुहम्मदलाई जन्मदिनको शुभकामना दिन मेसेज गरिन् । त्यसपछि यी दुईबीच च्याटिङ हुन थाल्यो । अन्ततः मुहम्मदले जामिलालाई आफ्नो भावना व्यक्त गरे ।

 

तर जामिलाले उनको प्रस्ताव अस्वीकार गरिन् । मुहम्मदको उमेर र आफूहरुबीच २६ वर्षको अन्तरका कारण जामिलाले मुहम्मदको प्रस्ताव अस्वीकार गरेकी थिइन् । ‘मलाई उनी बस्ने ठाउँ थाहा थिएन, उनलाई हेर्न कता–कता पुगेँ तर भाग्यले मलाई डोहोर्‌यायो । उनको घर पत्ता लगाएँ,’ मुहम्मदले न्यु स्ट्रेट्स टाइम्सलाई भने । ‘त्यसपछि मैले उनलाई भेटेँ । हामीबीच निकै राम्रो कुराकानी हुन थाल्यो ।’एजेन्सी