२०८१ बैशाख १३ , बिहिवार

जारी ले कमायो १७ करोड

सुनाखरी न्युज / काठमाडौं -बैशाख १ गतेबाट प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘जारी’ यस वर्षको पहिलो ब्लकबस्टर बनेको छ । शुक्रबारबाट चौंथो हप्तामा प्रदर्शन थालेको फिल्मले अझै मल्टीप्लेक्सहरुमा राम्रो शोसहित दर्शकको साथ पाइरहेको छ । यसपछि प्रदर्शनमा आएका फिल्म भने बक्सअफिसमा निकै कमजोर देखिएका छन् ।

 

हिट फिल्मका सिक्वेललाई समेत दर्शकहरुले रत्तिभर विश्वास गरेको देखिएन ।‘जारीले घरेलु बक्सअफिसमा १७ करोड कमाएको छ। अझै पनि धेरै मल्टिप्लेक्सहरुले यस फिल्मलाई शो उपलब्ध गराएका छन्,’ राठीले भने।

 

दयाहाङ राई र मिरुना मगर अभिनित ‘जारी’ आजबाट पाँचौं सातामा प्रवेश गरेको छ। ‘जारी’ ले आक्रामक व्यापार गर्दा यसैमहिना रिलिज भएका अन्य नेपाली फिल्मले भने लगानी समेत उठाउन सकेनन्। रामबाबु गुरुङको लगानी रहेको फिल्ममा दयाहाङ र मिरुनासहित विजय बराल, प्रेम सुब्बा, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङको समेत अभिनय छ।