२०८१ बैशाख ७ , शुक्रवार

हास्यश्रृंखला ‘सक्किगो नि’को तेस्रो सिजन जेठ ११ देखि प्रसारण हुने

सुनाखरी न्युज /लोकप्रिय टेलिभिजन हास्यश्रृंखला ‘सक्किगो नि’कार्यक्रमलाई आगामी जेठ ११ गतेदेखि प्रसारण गर्ने जनाएको हो । परिवार सुख र धन कमाउने सपनासहित कतार उड्न लागेको एक पात्रलाई चित्रण गरिएको टिजर गम्भीर लाग्छ । टिजरबारे निर्देशक कट्टेलले भने, ‘हामीले बनाउने कमेडी सिरियल नै हो ।

 

देशमा रोजगारी छैन, शिक्षा स्वास्थ्य सर्वसाधारणको पहुँचभन्दा बाहिर गएको छ । हिमालय टिभी एचडीमा यो सिरियल बिहीबार बेलुका ८ बजे प्रसारण हुनेछ । सिरियलमा अभिनेता कट्टेलले जिग्री ब्रो नामक पात्रको भूमिका निर्वाह गर्नेछन ।

 

‘पहिला यो पात्र आवार, लफंगा र हाउडे मात्र थियो । केटीको पछि मात्र लाग्थ्यो । तर यसमा उसबाट संवेदनशील विषयमा मच्योर्ड कुरा पनि आउँछ । कमेडी जनराको सिरियल भए पनि टिजर चाहिं गम्भीर र मर्मस्पर्शी छ ।