२०८१ बैशाख १४ , शुक्रवार

आफ्नै कमजोरीका कारण पूर्वप्रेमीहरुले फाइदा उठाए : प्रियंका चोपडा

सुनाखरी न्युज / प्रियंका चोपडाले आफ्नो पूर्वप्रेम सम्बन्धबारे कुराकानी गर्ने क्रममा आफूलाई पूर्वप्रेमीहरुले फाइदा उठाएको बताएकी छन्।कुनै बेला म एकपछि अर्को गर्दै प्रेम सम्बन्धमा रहने गर्थें। मैले आफ्नो लागि समय दिनै छोडिसकेको थिएँ। मैले सँगै काम गरेका र सुटिङ सेटमा भेटेका अभिनेताका साथ प्रेम गरेँ। सम्बन्ध कस्तो हुनुपर्छ भन्ने थाहा थियो र राम्रो सम्बन्धको खोजीमा उनीहरुलाई आफूसँग फिट गराउन लागिरहेँ, प्रियंकाले भनेकी छन् म हरेकलाई आफू उनीहरुको नोकर भएको जसरी व्यवहार गर्थें।

प्रियंकाको करिअरको सुरुवातभन्दा पहिले असिम मर्चेन्टका साथ उनको प्रेम सम्बन्ध रहेको थियो मिस वल्र्डको उपाधि जितेपछि भने उनले असिमलाई छोडेकी थिइन्। उनी थुप्रै फिल्ममा अभिनेता अक्षय कुमारका साथ काम गर्ने क्रममा उनीसँग नजिकिएकी थिइन्। तर, यो खबर अक्षयकी श्रीमती ट्विंकल खन्नाले थाहा पाएपछि उनीहरुको सम्बन्धमा पूर्णबिराम लागेको थियो। त्यस्तै, शाहिद कपुरका साथ प्रेममा परेकी प्रियंका त्यसपछि विवाहित अभिनेता शाहरुख खानका साथ प्रेममा परेकी थिइन्। शाहरुखका साथ पनि विविध कारणले छुट्टिएपछि अमेरिकन अभिनेता टम हिडलस्टोनसँग नजिकिएकी उनले अन्ततः निक जोनसका साथ विवाह गरेकी थिइन्।

एक भारतीय पोडकास्टमा बोल्ने क्रममा उनले आफू विगतमा एकपछि अर्को गर्दै केही प्रेम सम्बन्धमा रहेको र आफ्नै कमजोरीका कारण पूर्वप्रेमीहरुले फाइदा उठाएको बताएकी हुन्। कुनै बेला म एकपछि अर्को गर्दै प्रेम सम्बन्धमा रहने गर्थें। मैले आफ्नो लागि समय दिनै छोडिसकेको थिएँ। प्रेम सम्बन्धमा रहँदा मैले कहिल्यै पनि आफ्नो काम र आफूलाई महङ्कव दिइन∫, प्रेमीलाई नै पहिलो प्राथमिकतामा राख्ने गर्थें। किनभने म त्यस्तो परिवारबाट आएकी थिएँ, जहाँ आफ्नो सम्बन्धलाई बढी महङ्कव दिएर उनीहरुलाई खुसी तुल्याउनुपर्छ र सम्बन्ध जोगाउनुपर्छ भन्ने लाग्थ्यो।