२०८१ बैशाख २२ , शनिवार

चंगा जस्तो गरी उड्यो विवाहको टेन्ट

सुनाखरी न्युज / भारतको मध्य प्रदेश कुसुम्बिया गाउँमा दिउँसो हावाहुरी आउँदा बेस्सरी धूलो उडेको थियो । त्यसले ४५ बाई ४५ को टेन्ट र मण्डपलाई २०० फीट माथिसम्म उडाइदियो ।

 

२०० फीटसम्म उडेपछि टेन्ट ११ किलोवाटको बिजुलीको लाइनमा खसेको थियो । अनि गाउँलेहरूले तत्कालै विद्युत् आपूर्ति बन्द गराए ।

 

हावा चलिरहँदा केही मानिसले फलामको पाइप समातेर टेन्टलाई रोक्न खोजेका थिए । तर हावाको गति देखेर मानिसहरू भागे ।