२०८० चैत्र १५ , बिहिवार

अबैध चोरी तस्करी नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँच

सुनाखरी न्युज/ बिराटनगर। चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले निर्देशन दिनु भएको छ ।

मोरङ जिल्लाका सिमावर्ती एरियाको अनुगमनको क्रममा सिमा क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै वाहाँले उक्त कुरा बताउनु भएको हो ।

निर्देशनकै क्रममा वहाँले खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि रोकथाम र नियन्त्रणका लागी अन्य निकायहरुसंग समेत समन्वय गर्दै दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ-आफनो जिम्मेवार एरिया ईलाकाहरुमा भरपर्दो सुरक्षा ब्यबस्था मिलाउन हुन र कुनै लोभ लालचमा नपरी निस्वार्थ भावनामा जनताको सेवा गर्न समेत निर्देशन दिनु भयो ।