२०८१ बैशाख ११ , मंगलबार

विपश्यना ध्यान बीचैमा छाडेर भारत फर्किए आमिर खान

सुनाखरी न्युज / काठमाडौँ– बलिउडका प्रख्यात नायक आमिर खान विपश्यना ध्यान बीचैमा छाडेर स्वदेश फर्किएका छन्। विपश्यनाका लागि गत आइतबार नेपाल आएका उनी शुक्रबार बिहान १०:५० बजे इन्डिगो एअरलाइन्सबाट भारत फर्किएका हुन्। बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रको ध्यान शिविरमा उनी सहभागी भएका थिए।

बलिउड अभिनेता नायक आमिर खान स्वदेश फर्किएका छन् । विपश्यनाका लागि गत आइतबार नेपाल आएका उनी शुक्रबार बिहान १०ः५० बजे इन्डिगो एअरलाइन्सबाट भारत फर्किएका हुन् । बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रको ध्यान शिविरमा उनी सहभागी भएका थिए । यो ध्यान विधि १० दिनको हुन्छ । उनको ध्यान ४ जेठमा सकिने तय थियो ।

 

धर्मश्रृंगका विपश्यना सञ्चालक रूपज्योति खानलाई लिन विमानस्थलमा पुगेका थिए । बलिउडमा फरक पहिचान बनाएका ‘परफेक्सनिस्ट’ आमिरले सामाजिक विसंगति, अन्याय र असमानताविरुद्ध टेलिभिजन ‘टक सो’समेत निर्माण गरेका छन्। उनले निर्माण गरेका ‘सत्ये मेव जयते’लगायत कार्यक्रम चर्चित छन्।

 

पछिल्लो समय उनले अंग्रेजी फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक ‘लाल सिंह चड्‌ढा’मा अभिनय गरेका थिए। अगस्ट ११ मा रिलिज भएको यो फ्लिम फ्लप हुन पुगेको थियो। १३० करोड कमाएको उक्त फिल्म निर्माणमा १८० करोड खर्च भएको बताइएको छ।