२०८१ बैशाख १४ , शुक्रवार

पल शाहले नयाँ म्युजिक भिडियोमा उतारे आफ्नै जेल जीवन

सुनाखरी न्युज / काठमाडौँ – नाबालिग बलात्कारको आरोपमा एक वर्ष जेल जीवन बिताएका अभिनेता पल शाहले उक्त घटना भिडियोमा पनि उतारेका छन् ।अभिनेता पल शाह अभिनित ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ बोलको हिट गीतको फिमेल भर्सनको भिडियो सार्वजनिक भएको छ । अनु चौधरीको स्वर तथा पुष्प प्रधानको शब्द, संगीत रहेको गीतको एरेन्ज योगेश काजीले गरेका छन् । उनले यो म्युजिक भिडिओ कैदीबन्दीहरुलाई समर्पित गरेर ल्याएको बताएका छन्।

 

मूख्य पात्र आफैं रहेका उनले म्युजिक भिडिओमा तनहुँ कारागारमा कैदी रहँदाको समयदेखि रिहा भएको बेलासम्मको दृश्य समेटेका छन्।यो भिडिओ पल आफैंले निर्देशन गरेका हुन्। पल नाबालिग गायिका बलात्कार प्रकरणमा उच्च अदालतको पोखराको आदेशपछि गत फागुन १५ गते तनहुँ कारागरबाट रिहा भएका थिए।

 

यो म्युजिक भिडिओको गीतमा अनु चौधरीले स्वर दिएकी छन्। यसमा पुष्प प्रधानको लेखन र संगीत छ। एरेन्जरको भूमिका योगेश काजीले निर्वाह गरेका छन्। भिडियोमा पलको आमाको भूमिकामा सूर्यमाला खनाल, बुबाको भूमिकामा प्रकाश अधिकारी, बहिनीको भूमिकामा प्रिन्सु तिवारी र प्रेमिकाको भूमिकामा सुनिसा भट्टराईको अभिनय छ ।भिडियो पलले कैदीबन्दीप्रति पनि समर्पित गरेका छन् ।