२०८० चैत्र १५ , बिहिवार

भ्रष्ट्राचारको फाइल खोल्न प्रचण्डले मागे रास्वपाको आड, रविले भने – ‘खुट्टा नकमाउनुस्’

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्ट्राचारका फाइल खोल्ने विषयमा आड दिएका छन् ।

 

शुक्रबार बिहान प्रधानमन्त्री निवासमा वालुवाटारमा पुगेर सभापति रविले प्रधानमन्त्रीलाई भ्रष्ट्राचारको फाइल खोल्न खुट्टा नकमाउन भन्दै आड दिएका हुन् । पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेलगत्तै पनि सभापति रविले प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद दिएका थिए । स्रोतका अनुसार आज प्रधानमन्त्रीलाई भेटेरै रविले धन्यवाद दिएका हुन् ।

 

उता रवि लामिछानेको सचिवालयले पनि सरकारले भ्रष्टाचारका फाइल खोल्ने हिम्मत गरेको भेटेरै धन्यवाद दिएको बताएको छ । त्यस्तै भेटमा भ्रष्टाचारका अन्य फाइलहरु पनि खोल्न सरकारले एक्शन लिनुपर्ने रविले मत राखेका थिए । जसका लागि आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको बताइएको छ । उता प्रधानमन्त्रीले पनि रास्वपाको साथ मागेको जनाइएको छ।