२०८१ बैशाख १३ , बिहिवार

पल शाहको नयाँ म्युजिक भिडियो सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । नाबालिका बलात्कार मुद्दामा एक वर्ष जेलजीवन बसाईपछि बाहिर निस्केका अभिनेता पल शाहको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । अदालतमा बयानको क्रममा पीडित बालिकाले नै बयान फेरेपछि अभिनेता शाह जेलबाट छुटेका हुन् ।

 

जेलबाट छुटेपश्चातको उनको यो पहिलो म्युजिक भिडियो हो । यसभन्दा अघि निकै चर्चित भएको पुष्पन प्रधानको शब्द-संगीतमा ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ बोलको गीतको महिला भर्सनमा म्युजिक भिडियो रिलिज भएको हो ।

 

महिला भर्सनमा गायिका अन्नु चौधरीले स्वर दिएकी छिन् । यो म्युजिक भिडियोको निर्देशन अभिनेता शाहले नै गरेका छन् । त्यस्तै यो भिडियोमा मोडल सनिशा भट्टराईलाई पनि देख्न सकिन्छ ।