२०८१ बैशाख ११ , मंगलबार

एप्पल वाचमा बन्द हुँदै फेसुबक मेसेन्जर सेवा

सुनाखरी न्युज/ काठमाडौं । एप्पल वाचमा अन्य एप जस्तै फेसबुक मेसेन्जर एप पनि हट्ने भएको छ । एप्पल वाच प्रयोगकर्ताबिच मेसेन्जर एप लोकप्रिय छ ।

 

पछिल्ला केही दिनहरूमा एप्पल वाचमा अब फेसबुक मेसेन्जर बन्द हुनेछ भन्ने नोटिफिकेसन बारम्बार आइरहेको छ । यही कुरालाई मेटाले पुष्टि गरेको हो । मेटाले एप्पल वाचमा यो मे महिनासम्म मात्र मेसेन्जर एप प्रयोग गर्न सकिने बताएको छ ।

 

​एप्पल वाच प्रयोगकर्ताले आफ्नो मेसेन्जरमा आएको मेसेज पढ्न र रिप्लाइ गर्न सक्छन् । तर जुन १ देखि यो सेवा बन्द हुने भएको हो । वितेका केही वर्षहरूमा फेसुबकले जस्तै अन्य कम्पनीहरुले पनि एप्पल वाचका लागि डेडिकेटेड एप उपलब्ध गराउन बन्द गर्दै आएको छ ।