२०८१ बैशाख ८ , शनिवार

खेम सुवेदीको नयाँ लोक दोहोरी गीत ‘झोला बोकेको’ आयो बजारमा

सुनाखरी न्युज/ काठमाडौं । गायक खेम सुवेदीले नयाँ गित बजारमा ल्याएका छन् । उनले ‘झोला बोकेको’ शिर्षकको नयाँ लोक दोहोरी गीत बजारमा ल्याएका हुन् ।

 

उक्त दोहोरी गीतमा सुवेदीलाई शर्मिला अर्यालले साथ दिएकी छन् । सो गीतलाई सुवेदी अफिसियल नामक युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको छ । यस लोकदोहोरीमा बिक्रम नेपाली र अश्मिता रानापलको अभिनय रहेको छ ।

 

लोकदोहोरीको शब्द खेम सुवेदी कै हो भने अरेन्ज राजु विश्वकर्ताले गरेका हुन् । यस लोकदोहोरीको निर्देशन निशान बानियाँले गरेका हुन् । लोकदोहोरी विद्यालय जीवनको प्रेम कथामा आधारित छ ।