२०८१ बैशाख ४ , मंगलबार

मौद्रिक नीतिको तेस्रो समीक्षा आज सार्वजनिक गर्दै राष्ट्र बैंक

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्ने भएको छ । समीक्षा रिपोर्ट अनुमोदन गर्न राष्ट्र बैंक सञ्चालक समिति बैठक बिहान ८ बजेदेखि बसिरहेको छ ।

 

बैठकमा राष्ट्र बैंकका नवनियुक्त सञ्चालक रवीन्द्र पाण्डे र अर्थसचिव अर्जुनप्रसाद पोखरेलसमेत सहभागी भएका छन् । गत मंगलबार मात्रै राष्ट्र बैंक संचालक समितिमा नियुक्त भएका पाण्डे र गत सात अर्थ सचिवमा ल्याइएका पोखरेल राष्ट्र बैंकको बैठकमा पहिलो पटक सहभागी भएका हुन् ।

 

अर्थतन्त्र मन्दीमा गएको संकेतहरु देखिएकाले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत केही लचकता अपनाउने अपेक्षा गरिएको छ । यद्यपी अन्तर्राष्ट्रिय मुद्रा कोषलगायतले खुकुलो मौद्रिक नीति बनाउने बेला नभएको भन्दै राष्ट्र बैंकलाई सचेत गराईरहेका छन् ।