२०८० चैत्र १६ , शुक्रवार

आधुनिक र समुन्नत नेपाल निर्माणका लागी सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरण आवश्यक

किरण गिरी । यतिबेला हाम्रो देश नेपाल राजनीतिक र आर्थिक रुपान्तरणको संघारमा उभिएको छ । नेपाल को संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र को संस्थागत सुदृढीकरण एबं बिकास को लागी पनि अब हामीले केहि अग्रगामी र आक्रमक कार्यक्रम मुलुक र जनता लाई दिनै पर्दछ । नयाँ र युबा पुस्ता मा आएको राजनीतिक जागरुकता र आकर्षण लाई हामीले संबोधन गर्नै पर्दछ । मुलुकको आर्थिक र राजनीतिक अबस्थामा व्यापक सुधार एबं परिबर्तनको लागी मेरो ब्यक्तिगत धारणा र सुझाव :-

आर्थिक :-
बर्तमान नेपालको आर्थिक पक्षमा सुधार र परिवर्तन गर्दै कोभिड १९ ले थला पारेको अर्थतन्त्रलाई लयमा फर्काउन समेत राष्ट्रिय सहमतिको आधारमा कम्तिमा ६ महिना आर्थिक प्रतिकुल अबस्था घोषणा गरी देहायबमोजिमको कदम चाल्नुपर्ने देखिन्छ :-
१. मोटर गाडी, मदिरा, चकलेट, पर्फ्युम, टिस्यु पेपर, स्याउ, अङगुर, हरियो तरकारी, लसुन, प्याजको आयातमा कम्तीमा १ वर्ष प्रतिवन्ध लगाउने । कृषिजन्य वस्तुको स्वदेशी उत्पादनलाई तत्काल जोड दिई प्रवर्द्धन गर्ने ।
२. पेट्रोलियम सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिणत गर्ने कानून ल्याउने, लिलाम गर्नुपर्ने अवस्थामा पुगेका सवारी साधनलाई पनि लिलाम नगरी विद्युतीयमा रुपान्तरण गरेर काम चलाउने ।
३. खाना पकाउने ग्याँस आयातमा ५० प्रतिशत कटौती गर्ने लक्षका साथ विद्युतीय चुल्होको प्रयोगलाई प्राथिमकता दिने, विकल्पमा मात्र एलपी ग्याँसको प्रयोग गर्ने ।
४. राजनीतिक र प्रशासनिक सबै ब्यक्तिहरु श्रोत नखुलेको अकुत सम्पत्ति राष्ट्रियकरण गर्ने ।
५. प्रशासनिक र साधारण खर्चमा २५ % कटौती गर्ने ।
६. फजुल खर्च हुने खालका ठुला ठुला समारोह तथा कार्यक्रमहरुमा रोक लगाउने । आम जनतालाई पनि फजुल खर्च रोकेर राष्ट्रिय समस्या समाधानको लागि एकतावद्ध हुन साझा अपिल गर्ने ।
७. राष्ट्रपति देखि वडा अध्यक्ष सम्म सबै राजनीतिक पदहरुको तलब बाहेक सबै सुबिधा र भत्ता कटौती गर्ने ।
राजनीतिक :-
८. नेपाली कांग्रेसले सबै तहको कार्यसमितिमा -४० बर्ष उमेर समुहका नयाँ र युबा पुस्ता को सहभागिता र भुमिका सुनिश्चित गर्ने ।
९. संबिधान संशोधन गरि -२०८४ सालबाट संघीय संसद र प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणाली हटाउने ।
१०. संबिधान संशोधन गरि संघीय संसद प्रतिनिधि सभा – १६५ सिट कायम गर्ने ।
११. संबिधान संशोधन गरि समावेशी र समानुपातिक सिद्धान्त अनुसार सबै पक्ष र जाती समेटिने गरि राष्ट्रिय सभा ९९ सिट बनाउने । उपराष्ट्रपति नै राष्ट्रिय सभाको अध्यक्ष हुने ब्यबस्था गर्ने
१२. नेपाली कांग्रेसको क्रियाशिल सदस्यता बितरण अब सदा खुल्ला र पारदर्शी रूपमा अनलाइन बाट नै बितरण र नवीकरण गर्ने ।
१३ . अब देखी कुनैपनी तहको ब्यक्ति लाई सरकारी खर्चमा बिदेश मा उपचार नगर्ने र नगराउने ।
नेपालको सामाजिक , राजनीतिक र आर्थिक अबस्थामा व्यापक सुधार र परिवर्तन अत्यावश्यक देखिन्छ । सुरुवात आजै बाट , आफै बाट गरौं ।
– लेखक – निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य
नेपाली कांग्रेस काठमाडौं , नेपाल ।