२०८१ बैशाख १२ , बुधवार

गर्मी मौसममा खरबुजा खानुका यस्ता छन् फाइदा ?

सुनाखरी न्युज / काठमाडौं –  खर्बुजा तिर्खा मेटाउन र शरीरमा पानीको मात्रा सन्तुलित गर्न उपयुक्त फलफूल बन्न सक्छ । खर्बुजामा प्रशस्त मात्रामा भिटामिन सी, ए, खनिज, पोटासियम, फाइबर, लाइकोपिन र एन्टिअक्सिडेन्ट पाइन्छ । गर्मी मौसमका लागि खरबुजाको सेवन सबैभन्दा फाइदाजनक छ । यसको सेवनले शरीरलाई ताजा महसुस गराउँछ ।

 

यसमा क्याल्शियम, आइरन, भिटामिन ए र भिटामिन सीको मात्रा भरपुर मात्रामा पाइन्छ । यसले मिर्गौला, रक्तचाप र आँखाका लागि फाइदा गर्छ । मधुमेहका रोगीका लागि यो निकै फाइदाजनक हुन्छ ।खरबुजामा जीआईको मात्रा कम हुन्छ । यसको कारण चिनीको मात्रा नियन्त्रणमा रहन्छ । कब्जियतका रोगीका लागि खरबुजा निकै फाइदाजनक मानिन्छ । किनकी यसमा फाइबरको मात्रा अत्यधिक हुन्छ । जसले कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ ।

खर्बुजाका फाइदा –

क्यान्सर :  खर्बुजामा पाइने भिटामिन सी तथा अन्य एन्टिअक्सिडेन्टले क्यान्सर कोष वृद्धिलाई रोक्छ र फ्री(रेडिकल बन्न दिंदैन । त्यसैगरी यसमा पाइने लाइकोपिन नामक तत्वले प्रोस्टेट क्यान्सर हुन नदिने अध्ययनले देखाएको छ ।

छाला : खर्बुजाले शरीरका तन्तुहरु, छाला तथा रौंको वृद्धिको लागि भिटामिन ए जरुरी हुन्छ । खर्बुजामा पाइने भिटामिन एले यो जरुरत पूरा गरी छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।

 

खर्बुजाको रातो तत्व जसलाई लाइकोपेनी नामक तत्व हुन्छ । त्यसले आँखा तेजिलो बनाउन, छाला चमक बढाउन लाभदायिक हुन्छ । यसले अनुहारमा चाउरीपन हुनबाट जोगाउँछ । यसबाहेक यसले शरीर गलेको, दुखाइ कम गर्न  मद्दत गर्छ ।

रक्तचाप नियन्त्रण :  खर्बुजा खाने व्यक्तिमा उच्च रक्तचाप तथा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना कम हुन्छ ।पाचन प्रणाली स् खर्बुजामा प्रशस्त मात्रामा पाइने पानी र फाइबरले पाचन प्रणालीलाई सन्तुलित राख्न मद्दत गर्छ । कब्जियत हुनबाट जोगाउँछ ।

 

शरीरमा पानीको मात्रा  :  खर्बुजामा ९० प्रतिशतभन्दा पानी र प्रशस्त मात्रामा खनिज पाइन्छ । यसले शरीरबाट बाहिर जाने पानीलाई खर्बुजाको सेवनले सन्तुलित पार्छ ।

दम :  खर्बुजामा पाइने भिटामिन सीले दमको रोग लाग्नबाट जोगाउँछ ।