२०८० चैत्र १६ , शुक्रवार

आरजु देउवा राणालाई कालो झन्डा देखाउन खोज्ने युवक पक्राउ

सुनाखरी न्युज / काठमाडौं –  आरजु देउवा राणालाई हेटौँडामा कालो झन्डा देखाउन खोज्ने एकजना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

बागमती प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको महिलाहरूको पहुँच अभिवृद्धि तथा आर्थिक सशक्तीकरणसम्बन्धी आगामी कार्यदिशा तर्जुमा, अन्तक्र्रिया तथा सुझाव संकलन कार्यक्रम सहभागी हुन बिहीवार हेटौँडा आएकी केन्द्रीय सदस्य राणालाई कालो झन्डा देखाउन खोजेको भन्दै हेटौँडाका कृष्णराज कोइरालालाई प्रहरीले पक्राउ गरेको हो।

 

उनलाई हेटौँडा–२ स्थित कान्तिराजपथबाट पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए।