२०८१ बैशाख १४ , शुक्रवार

नेपाल राष्ट्र बैंकले माग्यो दुई कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता  ?

सुनाखरी न्युज / काठमाडौं – नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा संचालनका लागि दुई जना कर्मचारी माग गरेको हो । बैंकले संयोजक र सदस्य पदका लागि कर्मचारी माग गरेको हो ।साथै वित्तीय क्षेत्रहरुमा कम्तिमा १० वर्ष काम गरको अनुभव हुनुपर्ने छ । त्यस्तै चार्टट एकाउन्टेन्सी उर्तीण गरी न्युनतम ५ वर्षको कार्यअनुभव भएको हुनुपर्ने छ ।

 

बैंकका अनुसार सेवाअवधि एक वर्षको हुने छ । आवश्यकता तथा प्रगतिका आधारमा ६र६ महिनाका लागि २ पटकसम्म सेवा अवधि नविकरण गर्न सकिने राष्ट्र बैंकद्वारा जारी विज्ञापनमा उल्लेख छ ।योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आउँदो जेठ जेठ १७ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन राष्ट्र बैंकले अनुरोध गरेको छ ।

 

उक्त पदहरूमा आवेदन दिनको लागि व्यवस्थापन, बैंकिङ, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा गणित, व्यापार, प्रशासन वा कानुन विषमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।