२०८१ बैशाख १३ , बिहिवार

सर्प र गोहिसंग प्रेम गर्ने हट साइन्टिस्ट

सुनाखरी न्युज/ काठमाडौं । संसारकी सबैभन्दा हट साइन्टिस्ट रोजी मूरे लामो समयदेखि चर्चामा छिन् । रोजी चर्चामा आउने विषय अति नै आश्चर्यजनक छ ।

 

मानिसले विभिन्न कुरालाई प्रेम गर्छन् तर रोजीको प्रेम अलि भिन्दै छ । उनी सर्प र गोहिलाई प्रेम गर्छिन् ।जनावरलाई प्रेम गर्ने साइन्टिस भनेर चर्चामा रहेकी रोजी अहिले भने इन्स्टाग्राममा दिएको एउटा जवाफका कारण पुनः चर्चामा आएकी हुन् ।

 

इन्स्टाग्राममा ८० हजारभन्दा बढी फलोअर्स भएकी रोजीले दिनहुँ जसो सर्प, गोहि र शार्कसंग सम्बन्धित पोस्टहरु शेयर गरिरहेकी हुन्छिन् । २६ वर्षीया रोजी आफ्ना रोमाञ्चकक र मोडलिङले भरिएका तस्बिरहरु शेयर गरिरहेकी हुन्छिन् । यद्यपि उनका विभिन्न तस्विरहरुमा रोमाञ्चक र मोडलिङ दुबैको मिश्रण देखिन्छ ।