२०८१ बैशाख ११ , मंगलबार

सरकारले खटाएको स्थानमा नजाने कर्मचारीलाई कारवाही गर्ने

सुनाखरी न्युज /  काठमाडौं –  खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही हुने भएको छ । सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना दिएर पठाउन विभिन्न मन्त्रालय, आयोग, सचिवालय, कार्यालय र सबै प्रदेश तथा सबै स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ ।

 

सरुवा, पदस्थापन, काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीको सम्बन्धमा रमाना लिने अवधि गुज्रिए पश्चात् साबिकका निकाय र कार्यालयबाट उनीहरूको बिदा स्वीकृत नगर्न र नगराउन परिपत्रमा भनिएको छ ।

 

सरुवा, पदस्थापन, कामकाज र काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारी रमाना नलिएमा विभागीय सजायको प्रक्रिया शुरु गरी त्यसको जानकारी मन्त्रालयलाई गराउन परिपत्रमा उल्लेख गरिएको छ ।