२०८१ बैशाख ११ , मंगलबार

यूनिलिभर नेपालको सेयर मूल्य २१ सय रुपैयाँ बढ्यो

सुनाखरी न्युज/ काठमाडौं । यूनिलिभर नेपालको सेयर मूल्य एक साताको अवधिमा २ हजार भन्दा बढीले बढेको छ । दोस्रो बजारमा कम्पनीको सेयर मूल्य पछिल्लो एक साताको कारोबार अवधिमा झण्डै १० प्रतिशतले बढेको हो ।

 

नेप्सेको तथ्याङ्क अनुसार गत बैशाख १७ गते कम्पनीको सेयर प्रतिकित्ता २२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । एक सातापश्चात् आज बैशाख २६ गतेसम्म आइपुग्दा कम्पनीको सेयर मूल्य ९.६८ प्रतिशत अर्थात् २ हजार १४१ रुपैयाँ बढेर २४ हजार २४१ रुपैयाँ पुगेको हो ।

 

कारोबारमा कम्पनीको सेयर मूल्य एक दिन घटेको छ भने अन्य दिन बढेको तथ्याङ्कले देखाएको छ । मंगलबार मात्रै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४.०४ प्रतिशत अर्थात् ९४१ रुपैयाँ बढेको छ । मंगलबार कम्पनीको ६० कित्ता सेयर ३ पटक खरिद बिक्री हुँदा १४ लाख ३० हजार ७१० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।