२०८१ बैशाख २१ , शुक्रवार

‘तीन व्यक्तिको डीएनए प्रविधि’ मार्फत विश्वकै पहिलो शिशु

सुनाखरी न्युज / बेलायतको न्युक्यासलमा रहेको एक अस्पतालामा सो बच्चाको सकुशल जन्म भएको  छ । बच्चा जन्माउन माइटोकोन्ड्रियल डोनेसन ट्रिटमेन्ट एमडीटी प्रविधि प्रयोग गरिएको थियो । बच्चाकी आमालाई ‘माइटोकोन्ड्रियल’ नामको रोग भएका कारण डीएनए दान गर्ने महिलाको सहयोग लिइएको थियो ।

 

यस रोगले स्नायु प्रणाली, कार्डियक एरिथमिया असामान्य मुटुको धड्कन, मधुमेह, शरीरको वृद्धिमा असरजस्ता समस्या निम्त्याउँछ । त्यस्तै यो रोग भएका महिलाबाट जन्मिएका बच्चाको मृत्युसमेत हुन सक्छ । यो एक निको नहुने रोग हो । यसका कारण धेरैले सन्तान गुमाएका छन् । त्यही कारण बच्चा जन्माउन दाता महिलाको डीएनए प्रयोग गरिएको बीबीसीको समाचारमा उल्लेख छ ।

 

एमडीटी प्रक्रियामा आमाको अण्डामा भएको न्यूक्लियस युकेरियोटिक कोशिकाहरूमा पाइने झिल्ली बाउन्ड अर्गनेल हटाएर दाताको अण्डामा हुने न्यूक्लियस राखिन्छ ।