२०८० चैत्र १६ , शुक्रवार

आईपीएलमा सट्टेबाजी गर्ने ४ जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार राति खलंगास्थित तिंकरखेडाको एक पसलबाट साढे तीन लाखभन्दा बढी नगद रूपैयाँसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार सट्टेबाजी गर्ने मोहित र खलंगामा बस्ने इन्द्रसिह ऐरी, अविन अवस्थी, जनक बडाल र बिरू बुढाथोकी रहेका छन् । उनीहरूलाई महाकाली नगरपालिका–४ तिंकर खेडाबाट ३ लाख ५६ हजार ४ सय २० रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

उनीहरूमाथि अदालतबाट बुधबार म्याद थप गरी यो कार्यमा को-को संलग्न छन्, अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताएका छन्।