२०८१ बैशाख १४ , शुक्रवार

मेडिकल विद्यार्थीले गरिन आत्महत्या

 

सुनाखरी न्युज /  काठमाडौँ –  चितवन मेडिकल कलेजकी एक छात्राले आत्महत्या गरेकी छिन । बुधवार दिउँसो शिक्षकले परीक्षा हलबाट निकालेपछि उनले आफ्नो कोठामा गएर आत्महत्या गरेकी हुन् । परीक्षा दिइरहेको समयमा शिक्षकले हलबाट निकालेका थिए । त्यसपछि आफूमाथि अपमान भएको महसुस गर्दै आफ्नो कोठामा गएकी थिइन् । त्यही झुन्डिएको अवस्थामा फेला परेकी हुन ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन चिकित्सा विद्यार्थी राष्ट्रिय कमिटीले घटनाको छानबिन गरेर दोषीमाथि कारबाहीको माग गरेको छ ।

 

साथै मेडिकल कलेजहरूमा विभिन्न वाहनामा दिइने मानसिक तनावहरूलाई नियन्त्रण गर्न समेत माग गरेको छ ।विद्यार्थीहरूलाई परीक्षामा फेल गराइदिने धम्की समेत दिने गरेको भन्दै यस्तो कार्य पूर्ण रूपमा रोकिनुपर्ने कमिटीको माग छ । ‘कसैको इगो भन्दा महत्त्वपूर्ण कुरा विद्यार्थीहरूको मानसिक स्वास्थ्य र उनीहरूको जीवन हो । यसको रक्षा गरिनुपर्छ । अध्यक्ष भामले भने ।

 

थापाको आत्महत्यापछि चिकित्सा शिक्षा सङ्घर्ष अभियानले समेत विरोध जनाएको छ । अभियानले विज्ञप्ति जारी गर्दै चितवन मेडिकल कलेजमा निरन्तर कलेज प्रशासनबाट विद्यार्थीहरूलाई गरिने व्यवहार एकदम अपमानजनक र खेदजनक रहेको बताएको छ । उक्त घटनाको निष्पक्ष छानबिन गर्दै दोषीमाथि कारबाही गर्न अभियानले माग गरेको छ । विद्यार्थीमाथि हुने शारीरिक र मानसिक यातनाका विरुद्धमा विगतदेखि नै आवाज उठाउँदै आएको तर, त्यस्ता घटना बारम्बार दोहोरिने गरेको अभियानको ठहर छ ।