२०८१ बैशाख १४ , शुक्रवार

खुकुरी प्रहार गरी युवकको हत्या

सुनाखरी न्युज / काठमाडौं – एक युवकको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । धादिङको गल्छी गाउँपालिका–८ मा एक युवकको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।

 

होटलमा सामान्य विवाद हुँदा स्थानीय निरज पण्डितले खुकुरी प्रहार गरी विनोद थापा मगर गम्भीर घाइते भएका थिए ।उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा थापाको बाटोमै मृत्यु भएको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए ।

 

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पण्डितसहित ६ जनालाई पक्राउ गरेको छ । होटलमा सामान्य विवाद हुँदा स्थानीय निरज पण्डितले खुकुरी प्रहार गरी विनोद थापा मगर गम्भीर घाइते भएका थिए । स्थानीयले घटनाको विरोधमा गल्छी–मैलुङ सडक बन्द गराएका छन् ।