२०८१ बैशाख ८ , शनिवार

महेन्द्र माध्यमिक विद्यालयको ३३औ वाषिर्कोत्सव सम्पन्न

शिशिर उजाड/ पोखरा । पोखरा महानगरपालिका वडा नं १९ घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयको ३३औ वार्षिक उत्सव सम्पन्न भएको छ।

 

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका भित्र पनि विकास्मोन्ख क्षेत्र रहेकाले त्यसको बिकास र समृद्धिमा स्थानीय सरकारको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ‌।मेयर आचार्यले आगामी वर्षको बजेटमा पछि परेका बडालाइ विशेष व्यवस्था सहितको बजेट विनियोजन गरिने स्पष्ट पार्नुभयो । उहाँले भवनको अभावमा शैक्षिक गतिबिधिहरु गर्न समस्या परेको भए त्यसलाई समाधान गरिने बताउनुभयो। मेयर आचार्यले शिक्षामा राज्यले गरेको लगानी अनुरूप प्रतिफल प्राप्त हुन नसकेको गुनासो गर्नुभयो।

 

विद्यालयका प्रधानाध्यापक वैकुण्ठ पौडेलले विद्यालयले भोग्नु परेका समस्याका विषयमा जानकारी गराउनु भयो। उहाँले शिक्षक दरबन्दी कम भएका कारण शैक्षिक गतिबिधिमा समस्या परेको बताउनुभयो।कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १९ का वडाध्यक्ष पुष्पेन्द् पाण्डे, पुर्व वडाध्यक्ष शोभा मोहन पौडेल, शिक्षा महाशाखा प्रमुख हेमराज आचार्य, जिवन रेग्मी, वडा सदस्य दुर्गा बस्नेत, कल्पना सुनार, शिक्षक धनकुमार श्रेष्ठ , विद्यार्थी असिम सुनार लगायतकाले बोलेका थिए।

 

कार्यक्रममा अक्षयकोष दाता ढुण्डिराज पौडेल, राधादेवी पौडेल, बाबुराम सुनार, कृष्ण प्रसाद पौडेल, वासुदेव पौडेल, दामोदर पौडेल, वैकुण्ठ पौडेल, हिमलाल पौडेल, पार्वती बराल सहित उत्कृष्ट शिक्षक सुरज अधिकारी, शिक्षिका रत्ना विक, अभिभावक रमा भुजेललाई प्रमुख अतिथि आचार्यले सम्मान गर्नुभयो।विद्यालयका प्रधानाध्यापक वासुदेव पौडेलले वार्षिक प्रतिवेदन पेश गरेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक नन्दराज दाहालले गर्नुभएको थियो।

 

एमाजी कल्चरल फाउण्डेशन जापानको सहयोग र स्थानीय शिक्षासेवी तोयानाथ पौडेलको सकृयतामा वि सं २०४७ सालमा विद्यालय स्थापना भएको थियो।