२०८१ बैशाख १५ , शनिवार

पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

सुनाखरी न्युज/ काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय ५ जनामा कोरोना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हाे । आज २३ जना संक्रमित निको भएका छन् भने हाल देशभर १ सय ४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

हाल अस्पतालमा रहेका संक्रमितमध्ये १ जना भेन्टिलेटर र ५ जना आईसीयूमा रहेका छन् ।