२०८० चैत्र १६ , शुक्रवार

राज बल्लभलाई आयो ‘अपवाद’ को सम्झना

सुनाखरी न्युज/ काठमाडौं । अभिनेता राज बल्लभ कोइराला लामो समय पछि अभिनयमा फर्किँदै छन् । उनी फिल्म ‘कामिनो’ मार्फत ठूलो पर्दामा देखिन लागेका हुन् ।

 

हाल अमेरिकामा बसोबास गरिरहेका उनी एक दशकपछि अभिनयमा फर्किन लागेका छन् । ‘अपवाद’ फिल्ममा काम गरेका थिए । अहिले उनलाई सोही फिल्मको सम्झना आएको छ । र सामाजिक सञ्जालमा उक्त फिल्मको एक तस्बिर अपलोड गर्दै लेखेका छन् – ‘कुन चलचित्र होला ?

 

हिन्ट– सन् २०१२ मे १८ मा रिलिज भएको ।’अभिनेता कोइरालालाई उक्त फिल्मको प्रदर्शन मितिसमेत सम्झना रहेछ । त्यसो त कलाको नशा लागेको मान्छे यस्तै हुन्छन् ।