२०८१ बैशाख १५ , शनिवार

शेयर बजारमा गिरावट,कारोबार रकम ५८ करोडमा झर्यो

Share Down

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से कारोबारको चौथो दिन बुधबार (आज) झिनो अंकले घटेको छ । मंगलबार दोहोरो अंकले बढेको नेप्से आज फेरी घटेको हो । आज नेप्से २.४३ अंकले घटेर एक हजार ८ सय ४१ दशमलब ९३ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से १०.६६ अंकले बढेर एक हजार ८ सय ४४ दशमलब ३६ विन्दुमा बन्द भएको थियो ।

 

नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज ५८ करोड ९१ लख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । सोमबार नेप्सेमा ७७ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो । आज कारोबार भएका ८८ कम्पनीको शेयरमूल्य बढेको छ भने ११३ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्य ८.५१ प्रतिशतले बढेर प्रतिकित्ता १६४ रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार एनसीसी डिबेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज तीन करोड ५४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।