२०८१ बैशाख १२ , बुधवार

हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार सुरु, चुक्तापुँजी८ अर्ब २ करोड

सुनाखरी न्युज/ काठमाडौं । साबिकका प्राइम लाइफइन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले २०८० वैशाख २६ गतेबाट औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको छ । यी तीन कम्पनीले एक वर्षअघि (२०७९ वैशाख २९ गते) मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए । एक वर्षको अवधिमा मर्जर प्रक्रिया पूरा गरी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

 

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा एकीकृत कारोबारको औपचारिक शुभारम्भ गर्नुभएको थियो । उहाँले नयाँ कम्पनीको प्रमाणपत्र समेत हस्तान्तरण गर्नुभएको थियो । समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले जीवन बीमा आम जनताको जीवनमा अपरिहार्य रहेकोले गरिब र न्यून आय भएका जनताको बीचमा पुगेर जीवन बीमा व्यवसाय गर्न निर्देशन दिनुभयो । उहाँले तीनवटा कम्पनी गाभिएर हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेकोमा कम्पनी सम्बद्ध सबैलाई बधाई ज्ञापन गर्दै सफलताको शुभकामना दिनुभयो । यो घटना नेपाली बीमा कम्पनीहरुका लागि ऐतिहासिक भएको उहाँको टिप्पणी छ । तीनवटा कम्पनी एक आपसमा गाभिँदा ठूलो चुक्तापुँजी भई कम्पनी थप शक्तिशाली बनेको पनि उहाँले बताउनुभयो । गलबार बिहान कम्पनी अध्यक्षसुलभ अग्रवालले नेपाल बीमा प्राधिकरणमा आयोजित कार्यक्रममा अध्यक्ष सिलवाल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको थियो ।

 

एकीकृत कारोबार शुभारम्भ समारोहमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्णले एक वर्ष मर्जर अभियानमा सक्रिय सबैमा कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा देशकै नम्बर १ कम्पनी बनेर बीमा सेवाप्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गतवर्ष चैतमा नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने नीति ल्याएपछि जीवनबीमा कम्पनीतर्फ यी तीन कम्पनीले पहिलोपटक मर्जर सम्झौता गरेका थिए । यी कम्पनीले तीनवटा संस्था गाभ्ने चुनौतीपूर्ण काम सफलतापूर्वक सम्पन्न गरेका छन् । जीवनबीमा क्षेत्रको बिग मर्जरबाट बनेको हिमालयन लाइफइन्स्योरेन्स धेरैवटा सूचकमा अगाडि पुगेको छ । जीवन बीमा क्षेत्रमा चुक्तापूँजीका हिसाबले हिमालयन दोस्रो ठू्लो, जीवनबीमा कोषका हिसाबले चौथो ठूलो र शाखा सञ्जालको हिसाबले सबैभन्दा नम्बर १ कम्पनी बनेको छ । कर्मचारी संख्यामा पनि नम्बर १ बनेको छ । नवीकरण गरेकाअभिकर्ताको संख्याका आधारमा पनि हिमालयन लाइफ सबैभन्दा अगाडि छ ।

 

मर्जरबाट भनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको चुक्तापुँजी८ अर्ब २ करोड रुपैयाँ पुगेको छ । हिमालयन लाइफको जगेडा कोषमा ९० करोड रुपैयाँ छ । जीवनबीमा कोषमा५० अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ । त्यसैगरी प्राकृतिक विपद् कोषमा ३३ करोड १० लाख रुपैयाँपुगेको छ । सम्पत्तिमा लगानी ९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । मर्जरपछि कम्पनीको कुल लगानी ५१ अर्ब ९५ करोड पुगेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा कुल बीमाशुल्क संकलन७८ अर्ब ७६ करोड रुपैयाँपुगेको छ। यी तीनकम्पनीले ४० हजार ६३७ वटा बीमापोलिसीको दाबी भुक्तानी गरिसकेका छन् । हालसम्मको दाबीभुक्तानी रकम१५ अर्ब १९ करोड रुपैयाँपुगेको छ । साबिक तीन बीमा कम्पनीहरुले ५ लाख १२ हजार ६५८ वटा बीमा पोलिसी बिक्री गरेका छन् । हिमालयन लाइफको अभिकर्ता सञ्जाल पनि सबैभन्दा ठूलो हुन पुगेको छ ।