२०८० चैत्र १५ , बिहिवार

दीपक– दीपाश्रीको सिनेमा हल साउन १ गतेबाट सञ्चालनमा

सुनाखरी न्युज/  साउन १ गतेबाट सिनेमा हल सञ्चालन गर्ने दीपक–दीपालगायत लगानीकर्ताको तयारी छ । “साउन १ गते हल सञ्चालन गर्ने हाम्रो तयारी छ ।

 

अहिले सिट जडान र पर्दा हाल्ने काम भइरहेको छ,” दीपकले बाह्रखरीसँग भने, “साउन १ गतेबाट नियमित रूपमा हल सञ्चालन गर्ने तयारी छ ।काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरिरहेको सिनेमा हल साउन १ गतेबाट सञ्चालनमा आउने भएको छ ।

 

नेपाली रजतपटमा सफल जोडीका रूपमा रहेको दीपकराज गिरी र दीपाश्री निरौलालगायतको समूहले सिनेमा हल निर्माण गरेर सञ्चालनमा ल्याउन लागेको हो । कोरोना संक्रमणको महामारीका कारण हल निर्माणको काम केही ढिलो भए पनि अन्ततः सञ्चालनको अन्तिम तयारीमा रहेको छ । नयाँ बानेश्वर–शंखमुल रोडमा निर्माण भइरहेको सिनेमा हलमा अहिले इन्टेरियर डिजाइनको काम भइरहेको छ ।