२०८१ बैशाख १४ , शुक्रवार

मेलबर्नको नेपाली मन्दिरमा ब्रम्हकुमारी मेलबर्नको कार्यक्रम

सुनाखरी न्युज/ काठमाडौं । डिग्गर्स रेस्ट, मेलबर्न: आफ्नो कला, संस्कृति, रीति, रिवाजलाई आफ्नो पुस्तामा कायम राख्दै भावी पुस्तामा समेत यस्लाई निरन्तरता दिनका खातिर अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्रको रुपमा पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपा सहितको वहुसाँस्कृतिक केन्द्र बनाउने अभिप्रायले कृयाशिल अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरको परिसरभित्र अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरको सहकार्यमा ब्रम्हकुमारी मेलबर्नद्धारा आयोजित कार्यक्रममा राजयोग टिचर एबं ब्रम्हकुमारी अस्ट्रेलियाकी प्रमुख सिस्टर सीता गुरुङले स्ववचन दिने क्रममा ध्यान गर्ने भनेर गरिने ध्यान मात्रै ध्यान नभएर दैनिक जीवन यापन गर्ने क्रममा गरिने कर्तब्यपरायणताका साथ गरिने हरेक काम पनि ध्यान नै भए तापनि ध्यानको अन्तत्वगत्वा मूल लक्ष आत्मालाई परामात्मामा लिन गराउनेतर्फ उन्मुख हुनुपर्ने बताउनु भयो ।

 

स्वबचनपछि सिस्टर सीता गुरुङले केही मिनेट उपस्थित सबैलाई ध्यान गराउनु भएको थियो । अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरका अध्यक्ष गान्धी भट्टराईले नियमित रुपमा दैनिक ५ मिनेट मात्रै ध्यान गर्ने अभ्यासले पनि दैनिक जीवन यापन गर्दा सामना गर्न पर्ने बिभिन्न कारणले गर्दा आफूमा पैदा हुने लोभ लालच, असन्तुस्टी जस्ता भौतिक समस्याबाट केही हदसम्म टाँढिन सक्ने क्षमता बढाएर सुखानुभूति दिलाउन उत्प्रेरित गर्ने बताए । उक्त कार्यक्रममा अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरका अध्यक्ष गान्धी भट्टराईले संस्थाको संस्थागत सदस्य लिएको ब्रम्हकुमारी मेलबर्नको प्रमाणपत्र सिस्टर सीता गुरुङलाई प्रदान गरे ।

 

नेपाली कांग्रेस महसमिति सदस्य निर्मल प्रसाद कर्माचार्य लगायत बिभिन्न संस्थाका प्रतिनिधिको उपस्थिति रहेको उक्त कार्यक्रममा पन्डितत्रय शंकर प्रशाद गौतम, नारायण (मिलन) ज्ञवाली र नारायण दाहालद्धारा सन्ध्याकालिन आरती र भजन कीर्तन गरिएको थियो । कार्यक्रम शुरु हुनु अघि अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरले आफ्नो मूल उद्धेस्य प्राप्तीको लागि किनेको १०० डनकान्स लेन, डिग्गर्स रेस्टमा ४ कोठा सहितको घर भएको करीब ११९.३४ रोपनी (६.०७ हेक्टर) जग्गामा हाल उक्त भवनलाई अस्ट्रेलियन सरकारद्धारा प्राप्त आर्थिक सहयोगमा मर्मत सम्भार गरी मूल उद्धेस्य प्राप्त नहुन्जेलसम्मको लागि मन्दिरको रुपमा प्रयोग गर्न मिल्ने गरी भैराखेको कामको अवलोकन गराएका थिए ।