२०८० चैत्र १६ , शुक्रवार

सुर्तीजन्य कम्पनीले पसलमा मूल्यसूची राखेर विज्ञापन नगर्न सरकारको निर्देशन

सुनाखरी न्युज / काठमाडौं –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य कम्पनीहरूले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलहरूको बिक्रीस्थलमा आफ्नो कम्पनीको नाम र दररेटसहितको मूल्यसूची राखेर विज्ञापन गर्न बन्द गर्न निर्देशन दिएको छ ।

 

कम्पनीको नाम र दररेटसहितको मूल्यसूची राखेर विज्ञापन गर्नु सूर्तिजन्य पदार्थ ९नियन्त्रण र नियमन गर्ने० ऐन २०६८, को दफा १०स सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका, २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन, २०७५ को दफा ४५ विपरीत हुने मन्त्रालयले जनाएको छ ।

 

विज्ञापन हुने गरी टाँस गरिएका चुरोट, बिंडी, गुट्का आदिका मूल्यसूची उल्लेखित पोस्टर वा बालचार्ट टाँस नगर्न र टाँस गरेको भए तत्काल हटाउन मन्त्रालयले निर्देशन दिएको छ ।

 

यदि टाँस गरेको पाइएमा सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ को दफा १७ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजायरजरिबाना हुने सन्त्रालयले चेतावनी दिएको छ ।